गण्डकी प्रदेश : कांग्रेसले मन्त्री टुंग्यायो

CM_Krishnachandra_Pokharel_nepali
लोकपाटी न्यूज

पोखरा। नेपाली काँग्रेसले गण्डकी प्रदेशमा सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लगाएको छ। सरकार बनेको डेढ महिनापछि काँग्रेसबाट मन्त्री बन्ने थप ३ जनाको टुंगो लागेको हो।

काँग्रेसले स्याङ्जाका समानुपातिक सांसद मेखलाल श्रेष्ठ, तनहुँका समानुपातिक सांसद डोबाटे विश्वकर्मा र बागलुङका समानुपातिक सांसद मणिभद्र शर्मा कँडेललाई मन्त्री बनाउने भएको छ।

यसअघि गत जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगै सपथ लिएका कुमार खड्का पनि समानुपातिक सांसद हुन्। कास्कीका खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन्।

काँग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानून, सञ्चार तथा प्रदेश सभा मामिला हुन्। यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भैसकेको छैन। शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्