आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ।

यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राति सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुन सक्ने पूर्वानुमानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्