ओलीलाई भेट्ने योजना छैन : नेपाल

madhav_nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भइरहेको भनिएका बेला नेपालको सचिवालयले जानकारी नभएको जनाएको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमले ओली र नेपालबीच भेट भएको वा हुने भन्ने समाचारमा सत्यता नरहेको र भेट्ने समय पनि तय नभएको बताएका छन्।

गौतमले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बिच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बिच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्