काठमाडौं। नेकपा एमाले केन्द्रीय कार्यसमिति बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी आजको बैठक सकिएको छ। बैठकले एकताको प्रयास अन्तिमसम्म जारी राख्ने नर्णिय गरेको छ।
जारी केन्द्रीय समितिको बुधबारको बैठकमा बोल्दै ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका थिए। एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरेको छ।
बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जनसरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने गरी अघि बढने निर्णय बुधबारै बैठकले गरेके थियो। चार तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक सकिएको हो।



लोकपाटी न्यूज

