बर्हिगमित जनमुक्ति सेना बालुवाटारमा

लोकपाटी न्यूज

काठमाडौं। बर्हिगमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

संगठनका पदाधिकारी र देउवाबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको र उक्त भेटमा आफूहरूले उठाउँदै आएको मुद्दाको विषयमा छलफल भएको अध्यक्ष रमेश बसेलले जानकारी दिए।

‘आशा गरौं छलफलले सार्थकता पाउने छ,’ उनले भने, ‘बाँकी समयको प्रतिक्षमा छ।’ यसअघि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीले १ साउनमा छलफल गरेका थिए।

अर्थमन्त्रीसँग केपी ओली नेतृत्वको सरकारले सुरु गरेको लोकतन्त्रका योद्धा सम्मान कार्यक्रमको निरन्तरता र द्वन्द्वपीडितका परिवारलाई स्वरोजगार बनाउने कार्यक्रमबारे छलफल भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्