काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन्। सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असन्तुष्टि जनाएका रावललाई भेट्न नेता नेपाल उनको निवास टोखा पुगेका हुन्।
रावल नेपाल पक्षको बुधवार बसेको स्थायी समिति बैठकमा अनुपस्थित भएका थिए। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए। रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद् सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।
बुधवारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरूले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरू नेताहरूले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन्।



लोकपाटी न्यूज

