काठमाडौं। नेकपा एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकमा अनुपस्थित भएका छन्। अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन नेता नेपालले स्थायी समिति सदस्यहरूको बैठक बोलाएका थिए।
राजधानीको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा अहिले बसिरहेको बैठकमा नेता रावल सहभागी नभएका हुन्। एमालेलाई एक बनाउन गत जेठ २ गते गठित कार्यदलमा नेपाल समूहका संयोजक उनीसहितले पार्टीलाई बचाउन असार २७ मा १० बुँदे सहमति जुटाएका थिए।
तर उक्त सहमतिलाई वरिष्ठ नेता नेपालले नमानेपछि नेता रावल रिसाएका थिए। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिन नमानेर सांसद पदबाट राजीनामा घोषणा गरेका उनी त्यसयता एमालेको दुवै समूहका बैठकमा सहभागी छैनन्।
ओलीसँगको विवादमा उनलाई नेता नेपालले प्रमुख विश्वास पात्रका रूपमा प्रयोग गर्दै आएका थिए। तर आइतवारदेखि नै उनले नेपाल समूहका बैठकमा भाग लिएका छैनन्। आइतवारै नेपाल समूहका १० सांसदले देउवालाई विश्वासको मत नदिइ बाहिरिएका थिए।



लोकपाटी न्यूज

