ओली समूहले पठायो २२ सांसदलाई स्पष्टीकरण पत्र

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिए।

‘पार्टी अनुशासन उल्लंघन गरेकोले २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको छ,’ उनले भने, ‘पत्र उहाँहरुको हातमै चाहिँ परिसकेको छैन होला। पत्र लैजाने मान्छे कार्यालयबाट हिँडिसक्नु भएको छ।’

यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए। सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो। ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि आज छलफल गर्दैछ।

स्पष्टीकरण सोधेका २२ सांसदले आफूहरुमाथि कारबाही गरिए फेरि मुद्दा हाल्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले संविधानको ७६ को ९५० अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारबाही गर्न निमल्ने नेपाल समूहका सांसदको दावी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्