ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने देउवा-प्रचण्डबिच सहमति

prachanda deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्चबिच केपी ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ। तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले जेठ ८ गतेपछि गरेका नियुक्तिहरु खारेज गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डबिच मंगलबार सहमति भएको हो।

जेठ ७ गते मध्यरातमा तत्कालिन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। जसलाई सर्वोच्च अदालतले बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि देउवा अहिले प्रधानमन्त्री भएका छन्।

ओली सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्याविधि) अध्यादेशमार्फत् संशोधन गरी संवैधानिक नियुक्ति र केही राजनीतिक नियुक्तिहरु गरेका थिए। सो नियुक्तिहरु नयाँ सरकार गठन भएपछि के होला भन्ने अन्योलता बढेको थियो।

त्यस्तै सरकारले ११ जना राजदूतको नियुक्ति खारेज गरिदिएको छ। सोमबार बसेको ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्