प्रचण्ड, नेपाल र यादवबीच कोटेश्वरमा छुट्टाछुटै छलफल

Prachanda_Nepal_Yadav
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल तीव्र पारेका छन्। मंगलबार बिहान नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।

नेपालले आफ्नै निवास कोटेश्वरमा दुई नेतासँग छुट्टाछुटै छलफल गरेका हुन्। प्रचण्डसँगको छलफल लगत्तै उनले जसपाका अध्यक्ष यादव छलफल गरेका हुन्। बेग्ला बेग्लै भएको भेटमा सरकार सञ्चालन, सरकारमा सहभागिता लगायतका विषयमा कुराकानी भएको जनाइएको छ।

नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो। देउवालाई विश्वासको मत दिएको जसपा पनि सरकारमा सहभागी भइसकेको छैन। जसपाको आधिकारिकता विवाद कायमै छ। विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

एमाले एकताको सम्भावना धमिलिएपछि नेता नेपालले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल तीव्र पारेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्