काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गरेका हुन्।
सभापति देउवाले पार्टीको विधानको धारा १५९९० बमोजिम रावललाई नियुक्त गरेका हुन्। कांग्रेसको ५ सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहेका छन्।



लोकपाटी न्यूज

