काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गरेका छन्। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको सुरुवात गरेका हुन्।
यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरुको पनि अनुगमन गरेका छन्। अमेरिकाले नेपाललाई एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप उपहारमा उपलब्ध गराएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइने छ।



लोकपाटी न्यूज

