पर्वतको जलजला गाउँपालिकाबाट एक महिला बेपत्ता

bepatta subedi
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, ४ साउन। पर्वत जलजला गाउँपालिका लेखफाँटस्थित ४६ वर्षीय दुर्गा देवि सुवेदी बिगत चार महिना देखि बेपत्ता भएकी छन्। गत वर्ष फाल्गुन १६ गते ७ बजे घर बाट निस्केकी सुबेदी नागी भन्ने ठाउँमा पुगेको एक जना स्थानीय शिक्षकले देखेका छोरी कमला सुवेदीले बताइन्।

शारीरिक र मानसिक अवस्था सन्तुलन भएकी तर के कारण एक्कासी परिवारबाट टाढा हुनु भयो, अहिलेसम्म कुनै तथ्य एकिन नपाएको छोरी कमला सुवेदीले लोकपाटी अनलाइर्नलाई बताइन्।

गत फाल्गुनदेखि हराएर लेखफाँट प्रहरी चौकीमा निवेदन आएसँगै खोजि कार्य तीब्र रुपमा अगाडि बढाइएता पनि यहिले सम्म कहिँ कतै जानकारीमा नआएको जलजला प्रहरी चौकी लेखफाँटले जनाएको छ।

आफ्नो जन्म दिएकी आमा एक्कासि हराउँदा आफन्त, नागरिक समाज, सञ्चार माध्यम, पत्रकार, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, बुद्धिजीवीलगायात सम्पूर्णमा खोजि कार्यलाई अगाडि बढाइदिनु हुन सबैलाई अपिल गरेकी छन्। साथै कहिँ कतै फेला परेमा सम्पर्क नं ९८४५३७११५१ मा खबर गरिदिनुहुन छोरी सुवेदीले अनुरोध गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्