काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद् भवन पुगेका छन्। दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन्। आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो। ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन्।



लोकपाटी न्यूज

