देउवालाई माधवपक्ष बिनै बहुमत !

Sherbahadur-Deuwa
लोकपाटी न्यूज

काठमाडौं। जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ।

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो। अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ। विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ। माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्