संसदको पहिलो बैठकमा केपी ओली अनुपस्थित

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। पुनः स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। आइतबारको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ। फुटको संघारमा देखिएको एमालेका केही सांसदहरु उनलाई विश्वासको मत दिने तयारीमा रहेका छन्।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन्।

सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त नगरे उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ। तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्