प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ।

पहिलो बैठकमा सभामुख सापकोटाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सूचना जानकारी गराएका हुन्।

प्रतिनिधि सभाको बैठक साझ ५:५० मा बस्नेगरी सभामुख अग्नि सापकोटाले स्थगित गरेका छन्।  देउवाको पक्षका मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप लगाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्