प्रतिनिधि सभा बैठक शुरु : विश्वासको मत लिने देउवाको तयारी

Sherbahadur-Deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुरु भएको छ। प्रतिनिधि सभा दोस्रो पटक पुनः स्थापना भएपछिको यो पहिलो बैठक हो। सर्वोच्च अदालतले २८ असारमा दोस्रो पटक प्रतिनिधि सभा पुनः स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। देउवालाई २९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी थिइन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले भित्र आन्तरिक कलह चर्किएपछि २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा मुद्धा परेको थियो। सर्वोच्चले ११ फागुनमा प्रतिनिधि सभा पुनः स्थापना गरेको थियो।

त्यसैगरी ओलीले २०७८ जेठ ७ गते मध्यराति दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। त्यस बिरुद्ध एमालेको ओली पक्षबाहेक सबै प्रमुख राजनीतिक दलका सांसदहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च पुगेका थिए।

सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिदै २८ असारमा दोस्रोपटक प्रतिनिधि सभा पुनः स्थापना गरेको हो। देउवाले आजकै बैठकमा प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन। सबैले गरेको अनुमान विपरित देउवाले आजै विश्वासको मत लिने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्