माधवकुमार नेपाललाई ‘सुरक्षा थ्रेट’

Madhav Kumar Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘सुरक्षा थ्रेट’ भएको छ। अहिले नेपाल र नेपाल निकट नेताहरुले सुरक्षा थ्रेट महशुस गरिरहेका छन्। युवा संघले युथ फोर्स बनाएर नेपाल र नेपाल निकट नेताहरुविरुद्ध अभिव्यक्ति दिइरहेका बेला नेपाललाई ‘सुरक्षा थ्रेट’ बढेको हो।
सुरक्षा निकायले यो विषय जानकारीमा लिएको जनाएको छ।

केही दिनदेखि नेपालमाथि आफ्नै पार्टीमा युवा संघका कार्यकर्ताहरुले फाँसी दिनुपर्ने भन्दै पुत्ला जलाएको र माधव नेपालको घर घेर्ने भनेपछि उनको सुरक्षामा थ्रेट भएको हो।

स्रोतका अनुसार शनिबार साँझ फेन्च राजदूतसँगको भेटघाटपछि घर फर्कने क्रममा नेता नेपालको घर वरिपरी शंकास्पद व्यक्तिहरुको चहलपहल रहेको र उनीहरु लामो समयसम्म त्यही रहेको देखिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्