काठमाडौं। सर्वोच्च अदालतको आदेशबाट दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्दैछ। आज संघीय संसद्को दुवै अधिवेशन आह्वान भएको हो।
बैठक अपराह्न ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई असार २८ गते अदालतले परमादेशमार्फत पुनःस्थापना गरिदिएको थियो।
प्रतिनिधिसभा बैठकमा भाग लिन एमाले अध्यक्षसमेत रहेका ओली कुन मुखले जालान भन्दै सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ।
केपी ओलीले सनकका भरमा दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए। पहिलोपटक पुनःस्थापित हुँदा पनि ओलीले प्रतिनिधिसभा बैठक छल्दै आएका थिए। तर, यसपटक भने उनलाई सजिलो छैन । आफ्नो पार्टीमा देखिएको किचलो एकातिर छ भने सत्ता गठबन्धन बलियो छ।



लोकपाटी न्यूज

