काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभामा आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ।
आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ। त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ।
गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।



लोकपाटी न्यूज

