पार्टी एकताका लागि अहिलेसम्म गरेको सबै प्रयास असफल : शंकर पोखरेल

Shankar_Pokharel
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। एमाले नेतासमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिनाको एकता प्रयास असफल भएको बताएका छन्।

नेकपा एमाले विवाद मिलाउन गठन गरिएको समितिमा रहेका पोखरेलले कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास असफल भएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्