नेकपा एमालेको ओली-नेपालको छुट्टाछुट्टै बैठक जारी

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल समूहको छुट्टाछुट्टै बैठक जारी छ। ओली पक्षका नेताहरुको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको छ भने नेपाल पक्षका नेताहरुको बैठक नेपाल निवास कोटेश्वरमा बसिरहेको छ।

नेपाल निवासमा बसेको बैठकमा देउवालाई विश्वासको मत दिनेबारे छलफल भइरहेको छ। नेपाल समूहका २३ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

त्यसमध्ये अधिकांश सांसदले देउवालाई विश्वासको मत दिनुपर्ने आफनो धारणा राखेका थिए। नेपाल पक्षका ८ सांसदले देउवालाई विश्वासको मत दिए देउवाले विश्वासको मत प्राप्त गर्नेछन्। देउवाले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिदै हुँदैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्