देउवाका लागि एमालेका आठ सांसद आवश्यक

Sherbahadur-Deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन्।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन्। गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

यस्तो छ अंकगणित

प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ मतको आवश्यकता पर्छ। अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट १ सय २८ सांसद छन्।

नेकपा एमालेका ८ सांसदले विश्वासको मत दिए भने उनले विश्वासको मत पाउनेछन् अन्यथा ६ महिनाभित्रमा निर्वाचन हुनेछ। देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा अहिले कोटेश्वरमा एमाले नेताहरुबीच छलफल भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्