जसपा ठाकुरपक्षीय कार्यकारिणी बैठक जारी

Mahanta-Thakur
लोकपाटी न्यूज

काठमाडौं। जसपा महन्थ पक्षको कार्यकारिणी समितिको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको छ।

निर्वाचन आयोगमा पार्टी आधिकारिकताबारे सुनुवाइ हुने अघिल्लो दिन महन्थ पक्षले कार्यकारिणी समिति बैठक बसिरहेको हो। निर्वाचन आयोगमा प्रस्तुत हुने रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाइएको बताइएको छ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्षले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ। ठाकुरसहित नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

जसपा नेता शरतसिंह भण्डारीकाअनुसार ओलीसँग सामान्य राजनीतिक भेटघाट भएको हो। ओलीसँग भेटवार्ता भएको केहीबेरपछि जसपा महन्थ पक्षको कार्यकारिणी समितिको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्