काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। सरकारका विषयमा छलफल गर्नका लागि प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका हुन्।
तत्कालीन विपक्षी गठबन्धनको माग अनुरुप नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत जुटाउने विषयमा छलफल गर्नका लागि प्रचण्ड कोटेश्वर पुगेका उनी निकट स्रोतले बताएका छ।
आजको भेटमा मन्त्रिपरिषद विस्तारको विषयमा पनि प्रचण्डले नेपालसँग छलफल गरेका स्रोतले बतायो। आजको भेटमा सरकारमा सहभागी हुने तथा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा गम्भीर छलफल भएको बताइएको छ।



लोकपाटी न्यूज

