काठमाडौं। बजेट पारित हुन नसक्ने स्पष्ट भएपछि प्रदेशसभा बैठक नै बहिस्कार गरेको लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ। बिहीबार राति अबेर संसद् अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले असार १ मा ल्याएको बजेट बिहीबार पारित गर्ने तयारी गरिएको थियो।
लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो। तर विपक्षमा रहेका दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा रहेका सबै मन्त्रीलाई बाहिर निस्कन संकेत गर्दै आफू पनि बाहिरिएका थिए।
सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यराति अन्त्य गरिएको थियो। लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो।
तर विपक्षमा रहेका दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा रहेका सबै मन्त्रीलाई बाहिर निस्कन संकेत गर्दै आफू पनि बाहिरिएका थिए। सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यरातमा अन्त्य गरिएको थियो।



लोकपाटी न्यूज

