काठमाडौं। फेसबुकले म्यासेन्जरमा आवाजसहितको इमोजी (साउन्ड इमोजी) पठाउन सकिने नयाँ फिचर ल्याएको छ। फेसबुकले म्यासेन्जरमा बिहिबारदेखि साउन्ड इमोजी सार्वजनिक गरेको हो। आवाज सहितका हाहा ,ताली, धुन, अचम्म लगाएतका ११ वटा इमोजीमा आवज आउने फिचर ल्याएको हो। फिचर प्रयोग गर्न प्रयोगकर्ताले म्यासेज लेखेर इमोजीको साउन्ड आईकनमा थिचेर साउन्ड सहितको इमोजी देख्न र सुन्न सक्नेछन्।
कसरी प्रयोग गर्ने ?
म्यासेन्जरको यो नयाँ सुविधा सजिलै प्रयोग गर्न सकिन्छ। साउन्डसहितको इमोजी पठाउन म्यासेज लेख्ने साइडको दायाँतिर रहेको इमोजी अप्सनमा क्लिक गर्नहोस्। त्यसपछि तपाईले दायाँतिर साउन्डको आईकन देख्नु हुनेछ। उक्त आईकनमा क्लिक गर्नुहोस्।
त्यहाँ साउन्डसहितका इमोजीका विभिन्न विकल्प देखिने छन्। त्यसपछि आफ्नो आवश्यकता अनुसार साउन्डसहितको इमोजी पठाउन सकिने छ।



लोकपाटी न्यूज

