एमाले स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम

Bamdev_Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी छ। जारी बैठकमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन्।

असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए। असार २८ गते बालुवाटारमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा पनि गौतम सहभागी थिए।

जारी स्थायी कमिटी बैठक शुरू भएको एक घण्टासम्म गौतम उपस्थित भएका छैनन्। असार १८ गते केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफू कुनै पक्षमा नलागेको र एकताको पक्षमा लाग्ने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्