प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

Sherbahadur-Deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार सर्ने भएका छन्। पाचौँ पटक प्रधानमन्त्रीका रुपमा देउवा शुक्रबार बिहान ९ः५७ को साइत निकालेर बालुवाटार प्रवेश गर्न लागेको देउवानिकट स्रोतले जानकारी दिएको छ।

२९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा अहिले आफ्नै निवास बूढानीलकण्ठमा बस्दै आएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ३० गते बालुवाटार बालुवाटार निवास छाडेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्