काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ।आज बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताको कारणस्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ।
शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ।


लोकपाटी न्यूज

