काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्।
देउवाले बिहीबार २ बजे पार्टी शीर्ष नेताको बैठक बोलाएका हुन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको छ। बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ।
बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ।



लोकपाटी न्यूज

