ओली समूहका युवाले जलाए माधव नेपालको पुतला

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् ।

कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । कोटेश्वरमा जमा भएका ओली समूहका युवाहरु अहिले भने तितरवितर भएका छन् ।

आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले अध्यक्ष ओली समूह रुष्ट बनेको छ । केपी ओलीलाई वालुवाटारबाट बाल्कोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि निवासको सुरक्षा बढाइएको छ ।

बालुवाटार छाडेर निजी निवास पुगेका ओलीले नेपालले एमालेविरुद्ध अपराध गरेकाले पार्टीमा ठाउँ नभएको उद्घोष गरेका थिए । सर्वोच्चको फैसला आउनु अघिल्लो दिन एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।