कर्मचारीहरूलाई अर्थमन्त्री शर्माले भने– काम छाडेर चाकडी गर्न नआउनू

janardan_sharma_pic
लोकपाटी न्यूज

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्यका साथ आएको बताए।

उनले भने, ‘मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता गर्दछु। ‘मन्त्री र कर्मचारीबीच कुनै पनि दूरी म चाहँदिनँ, चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्छु।’

मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै उनले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्