अर्थमन्त्री शर्माको पहिलो निर्णय : कोरोना खोपका लागि ५ अर्ब निकासा

Janardan_Sharma
लोकपाटी न्यूज

काठमाडौं। नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन्। बुधवार मन्त्रालय पुगेर अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन्। शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीन वटा निर्णय गरेका छन्।

यस्तै, उनले आइसियू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन्। यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ।

पदभार ग्रहण गर्दै शर्मा भने, ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ।’ नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्