एमाले सरकार ढाल्ने गद्दार भन्दै सूर्य थापाले लिए नेपालसहित २३ जनाको नाम

Surya Thapa
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल नेकपा एमाले सरकार ढालेर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको आरोप लगाएका छन्।

मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका हुन्।

सोही कुरालाई लिएर टिप्पणी गर्दै थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवालाई पहिलो बधाई दिन आतुर रहेको बताए। उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाको गद्दारी गरेको भन्दै नाम पनि बताएका छन् ।

थापाले लेखेका छन्, ’नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला!जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति“हलो ताछी मुङ्ग्रो बनाएजस्तै“हो। यीनै २३को गद्दारीको परिणाम त हो!’

यो सबै २३ जना गद्दारीको परिणाम भएको भन्दै उनले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा. भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतको नाम लिएका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्