माघ ६ को प्रचण्ड भविष्यवाणि : ‘म कठोर भएँ भने ओलीलाई भित्तामा पुर्‍याइदिन्छु’

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको २०७७ माघ ६ गतेको भविष्यवाणी मिलेको छ। एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रचण्डले गरेको भविष्यवाणी मिलेको हो। प्रचण्डले ओलीलाई भित्तामा पुर्याएएर छाड्ने बताएका थिए।

‘म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक। कठोर हुनुपर्यो भने नि म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु’ प्रचण्डले भनेका थिए ‘म अहिले तयार भएकै छु।’

प्रचण्डको भाषण जस्ताको त्यस्तै

म कठोर हुनु पर्यो भने युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक। कठोर हुनुपर्यो भने म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु। म अहिले तयार भएकै छु। म केपीजीलाई के भन्छु भने तपाइँले ब्लन्डर गर्नु भो। माधवजीलार्ई हेपेर माधवको पक्षमा लाग्ने इमान्दार कार्यकर्तालाई अपमानित गर्न खोजेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाइँले ब्लन्डर गर्नु भयो एउटा।

अर्को प्रचण्ड जस्तो मान्छेलाई लत्याएरर मज्जाले घुमाएर जेजे भने त्यही गर्ने बनाउँछु भन्ने ठानेर ब्लन्डर गर्नु भो। तपाइँ सिद्यिनु भो अब। तपाइँ सिद्यिनु भो। तपाइँ हारी नै सक्नु भो बाजी, लडाइँ तपाइँले हारिसक्नु भो। तपाइँ संविधानवादका विरुद्ध गएर संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध गएर जब तपाइँले तरबार उज्याउनु भयो तब तपाइँले लडाइँ हार्नु भयो, जनताले लडाइँ जिते।

तपाइँ अब इतिहासमा कलंकको अबतारलाई इतिहासले बारम्बार सम्झिन्छ। सम्झिन त मान्छेले दुई थरी सम्झिने रहेछ। हिटलर पनि हामीले नाम अहिले लिइराख्छौँ। गोर्वाचोकको पनि लिइराख्छौँ। यरसिंकको पनि नाम लिन्छौँ। के लिन्छौँ त खराब पात्रको रुपमा लिन्छौँ, कुपात्रको रुपमा लिन्छौँ। कुलंगार र बेइमानको रुपमा लिन्छौँ।

माक्स, लेनिन, माओ गान्धीलाई हामी सुपात्रको रुपमा लिन्छौँ। केपी कुपात्र भैसके। हामीले बनाएको होइन। उहाँको आफ्नै कर्मले आफुलार्ई सिद्याउनु भयो। अब केही महिनाभित्र उहाँ जानुहुन्छ। मैले त बुझिसकेको छु हेर्नुस अब केपीको हातमा केही छैन। प्रष्ट बुझ्नु होला अब केपीको हातमा केही छैन। जुन दिनदेखि संसद भंग गर्न सिफारिस गर्नु भो केपीको हात सकियो। अन्तै छ चिजहरु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्