काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ। पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले आज सरकारमा सहभागी नहुने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने भए पनि लिँदैछन्।
‘आजै हामी सरकारमा सहभागी नहुने निर्णय भएको छ,’ नेता महेन्द्रराय यादवले भने, ‘हाम्रो पार्टीका आधिकारिकता विवाद निर्वाचन आयोगमा छ। यसले सरकारमा सहभागी हुँदा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गर्छौं। त्यसपछि तय गर्छौं।’ उनले कानुन व्यवसायीहरूले जाँदा कुनै असर गर्दैन भनेमा भोलि पनि हुन सक्ने, दुई/चार दिनपछि पनि सहभागी हुने बताए।
बैठकमा संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकारिणी समितिका काठमाडौंमा उपलब्ध सदस्यहरू सहभागी थिए। जसपामा एमालेलाई सहयोग गर्ने कि काँग्रेस, माओवादीसहितका दलहरू सम्मिलित गठबन्धनमा सहभागी हुनेमा विवाद छ। यादव समूहले काँग्रेस नेतृत्वको गठबन्धनलाई सघाएको थियो।
भने अध्यक्ष महन्थ ठाकुर समूहले केपी शर्मा ओली र एमालेलाई सघाएको थियो। यही विषयमा देखिएको विवाद अहिले निर्वाचन आयोगसम्म पुगेको छ।



लोकपाटी न्यूज

