काठमाडौं। नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन्।
सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन्। पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको विगतको अनुभवबाट शिक्षा लिनुपर्ने नेताहरुले बताएका छन्।
‘सरकार सञ्चालनका लागि गठबन्धन र पार्टीमा पनि संयन्त्र बनाउनुपर्ने सबैको जोड छ’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने। सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्वभ नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादीको जोड छ।
एक नेताका अनुसार स्थायी कमिटी बैठक लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रचण्डले यसबारे कुराकानी गर्ने बताइएको थियो।



लोकपाटी न्यूज

