काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि स्थायी समिति बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार १ बजे निर्धारण गरेको स्थायी समिति बैठक स्थगित भएको हो।
ओलीले निर्धारण गरेको बैठकमा सामेल हुन निम्तोसहित आफू निकट एवं एमाले विवाद समाधान कार्यदलका सदस्यहरुलाई नेपाललाई फकाउन कोटेश्वर पठाएका थिए। तर, नेपालले केही दिन बैठक बस्ने माहोल नभएकोले बैठक स्थगित गर्न भनेका थिए।
‘बैठकमा सहभागी हुने कुरा छैन। केही दिन बैठक रोकौं। त्यसपछि छलफल गरौँला,’ कार्यदलका सदस्यसँग नेता नेपालले भनेको एमाले स्रोतले जनाएको छ। त्यसपछि ओलीले राष्ट्रका नाममा सम्बोधनको बहाना बनाएर बैठक स्थगित गरेका थिए। कार्यदल सदस्यहरूले नेता नेपाललाई विवाद नबल्झाउन र संवादनहीन नबन्न सुझाव दिएका छन्। नेताहरूले उनलाई संवादको पहल सुरु गर्न सुझाव दिएका छन्।
‘हामी केही नेताहरू उहाँको निवासमा पुगेर पार्टीभित्रको विवाद समाधानमा पहलकदमी लिन आग्रह गर्यौं। परिवर्तित सन्दर्भमा पार्टीलाई मजबुद बनाउन आवश्यक रहेकाले विवादलाई बल्झाउने भन्दा पनि सुल्झाउने कुरामा सबै लाग्नुपर्ने भनाइ हामीले राख्यौं। उहाँले त्यसप्रति सकारात्मक नै हुनुहुन्छ,’ एमालेका एक नेताले भने। कार्यदलले आइतबार तयार पारेको पार्टी एकीकरणको १०बुँदे प्रस्ताव अध्यक्ष ओलीलाई भेटेर सोमबार नेताहरुको सुझवा थियो।



लोकपाटी न्यूज

