सर्वोच्च अदालतको फैसला पालना गर्छौं : केपी ओली

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन्।
मंगलबार सिंहदरबार छाड्नुअघि देशवासीको नाममा सम्बोधन गर्दै ओलीले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका हुन्।

सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्