नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयले साँझ ६ बजे शीलनिवासमा शपथ समारोह आयोजना गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मङ्गलवार प्रधानमन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ। देउवाले प्रधानमन्त्रीको रूपमा ६ बजे शपथ लिँदैछन्। देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह सहभागी हुँदैछन्।

देउवाको प्रधानमन्त्रीको रूपमा यो पाँचौं कार्यकाल हो। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्