काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।मंगलबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो। सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको मुख्यसचिव कृष्ण पौडेलले बताए।
देउवा अहिले मन्त्रीपरिषद् गठनबारे छलफलमा व्यस्त छन्। सरकार गठनको प्रक्रिया टुंगोमा पु¥याउन देउवा आन्तरिक तथा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग छलफलमा व्यस्त भएका हुन्।
सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। आज राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। सपथ ग्रहण केहीबेरमा गराउने तयारी भएको छ।



लोकपाटी न्यूज

