काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले जानकारी दिए। बडालले आफ्नो राजीनामा प्रधानमन्त्रीमार्फत् राष्ट्रपतिसमक्ष बुझाएका छन्।
उनी २०७७ चैत्र ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। नियुक्त भएको २ दिनपछि चैत्र ८ गते उनले पदभार ग्रहण गरेर कार्यभार सम्हालेका थिए।
मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउने कार्यक्रम तय भएको छ।



लोकपाटी न्यूज

