काठमाडौं। नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० रुपैयाँले घटेको सुनको भाउ मंगलवार सोही अंकले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९००रुपैयाँमा कारोबार भएको छ। सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ। सोमवार प्रतितोला १ हजार ३१० मा कारोबार भएको चाँदी मंगलवार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरीदविक्री भइरहेको छ।



लोकपाटी न्यूज
