एमाले कार्यदलका सदस्यहरु नेपाल निवास कोटेश्वर पुगे

karedal uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरु पार्टीका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको निवास पुगेका छन्। आइतबार साँझ कार्यदलले गरेको १० बुँदे सहमतीपत्र बुझाउन कार्यदलका सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेका हुन्।

कार्यदलको उक्त निर्णयप्रति नेता नेपाल असन्तुष्ट रहेका छन्। यसैबीच नेपाल पक्षले स्थायी कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिरहेका बेला कार्यदलका सदस्यहरु १० बुँदे सहमतीका बारेमा जानकारी गराउन नेपाल निवास कोटेश्वर पुगेका हुन्।

यसअघि सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकमा नेपाल पक्षका नेता भीम रावल बालुवाटार गएका थिए। भने आज बस्ने एमाले स्थायी र केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई सहभागी गराउनेबारे छलफल भइरहेको छ। एमालेको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे र त्यसपछि स्थायी कमिटी बैठक बस्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्