काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्धतिको रक्षा गरेको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै फेसबुकमार्फत उनले सर्वोच्च अदालतको फैसलाको स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन्।
कोइरालाले लोकतन्त्र भनेकै संविधानको मर्म अनुरूप शासित हुने व्यवस्था भएको स्पष्ट पारे। ‘सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्धतिको रक्षा गरेको छ। लोकतन्त्र भनेकै संविधानको मर्म अनुरूप शासित हुने व्यवस्था हो।’ उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु।’
सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।



लोकपाटी न्यूज

