काठमाडौं। नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन्। अदालतको फैसला आएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।
उनले भने,‘हामी अदालतको निर्णय मान्छौं। अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ। देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’
ज्ञवालीले सर्वोच्च अदालतले धारा ७६ को ५ बमोजिम ह्वीप नलाग्ने भन्दै दिएको आदशेमा गम्भीर त्रुटि भएको बताए।



लोकपाटी न्यूज

