काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन् नेता कार्यकर्तालाई आह्वान गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ।’
उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि स्टाट्समा उल्लेख गरेका छन्। नेता बस्नेतले भनेका छन्, ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन।
व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ।’



लोकपाटी न्यूज

