लक्ष्मी बैंककाे ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ आजदेखि विक्रीमा

लोकपाटी न्यूज

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले आज (सोमवार) देखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको  २ अर्ब बराबरको २० लाख रुपैयाँ कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो।

कुल कित्तामध्ये  ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी  १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ। यो ऋणपत्र खरीदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति समेत बैंकले तय गरेको छ।

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘इक्राएनपी आईआर त्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ। यो ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरीदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्